परम्परागत बाटो मासिँदा हात्ती–मानव द्वन्द्व बढ्दो (तस्बिरहरू)
सारांश
- नेपाल र भारतको सीमा क्षेत्रमा वन्यजन्तुको आवतजावत सामान्य हो, विशेष गरी हात्तीहरूको बसाइँसराइ हुने गर्छ।
- मानव निर्मित संरचनाका कारण हात्तीको बाटो मासिँदा मानव र हात्तीबीच द्वन्द्व बढेको छ।
- हात्तीहरू आफ्नो परम्परागत बाटोबाट हिँड्न नपाउँदा मानव वन्यजन्तु द्वन्द्व बढ्ने सम्भावना रहन्छ।
काठमाडौँ । नेपाल र भारतबिच रहेको खुल्ला सिमाना केवल दुई देशका नागरिकले मात्र नभएर दुई देशको सीमा क्षेत्रमा रहेका विभिन्न वन्यजन्तुहरूले पनि उपयोग गर्ने गर्दछन् । नेपालको तराई भूभागका जङ्गल क्षेत्र भारतका जङ्गल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरूको आवागमन पनि निकै हुने गर्दछ ।
पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जङ्गली हात्तीको परम्परागत बसाइ सर्ने बाटो रहेको छ ।
_MrvSPkqfle.jpg)
जहाँ हरेक वर्ष कयौँ जङ्गली हात्तीहरू बसाइसराइ गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन् । मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जङ्गली हात्तीहरूको परम्परागत बाटो मासिएको छ, जसको कारण मानिसहरूसँग उनीहरूको द्वन्द्व बढ्दो छ । खानेकुराको खोजी र वर्षाको पानीबाट बच्नका लागि यी हात्तीहरू बसाइँ सर्ने गर्छन् ।
_jBTdDg6fUZ.jpg)
प्रत्येक वर्ष यिनीहरूको बसाइँ सर्ने बाटोमा मानव निर्मित संरचनाहरू थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरू बिच द्वन्द्व बढ्दो देखिन्छ । हात्तीहरूको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठुलो भाले हात्ती हुन्छ, जसले बडीगार्डको काम गर्छ ।
_QNRfdg0wo6.jpg)
एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बुढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ र, उनीहरूलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ । हात्तीहरूलाई उनीहरूको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तु बिचको द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । तस्बिर : दृष्टान्त विडारी/नेपाल फोटो लाईब्रेरी
_AYcN2W8HWM.jpg)
_Wotyc7e7Z2.jpg)
_GT7ZjM1xrr.jpg)
_cumBu0PvaB.jpg)
_yjBXnZhBaP.jpg)
_c5rUEYo54w.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण