शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बिहार चुनाव : जन सुरजको एक मात्र ट्रान्सजेन्डर उम्मेदवारले कति मत पाए ?

शनिबार, २९ कात्तिक २०८२, ११ : ५१
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • बिहार विधानसभा चुनावमा एनडीएले बहुमत हासिल गर्दै २०२ सिट जितेको छ।
  • गोपालगञ्जको भोर सिटमा ट्रान्सजेन्डर उम्मेदवार प्रीति किन्नर पराजित भइ तेस्रो स्थानमा रहिन्।
  • जनता दल (युनाइटेड) का सुनील कुमारले १६,००० भन्दा बढी मतले जित हासिल गरे।

बिहार । बिहार विधानसभा चुनावको नतिजा सार्वजनिक भएको छ। राज्यको २४३ सिटमध्ये एनडीएले २०२ सिट जितेर बहुमत हासिल गरेको छ। गोपालगञ्जको भोर सिटमा जनसूरजको टिकटमा उम्मेदवार बनेकी ट्रान्सजेन्डर प्रीति किन्नर चुनावमा पराजित भएकी छन्। उनी तेस्रो स्थानमा रहिन्।

जनता दल (युनाइटेड) का सुनील कुमारले यो सिट १६,००० भन्दा बढी मतान्तरले जिते। उनले १ लाखभन्दा बढी मत प्राप्त गरे। सीपीआई (एमएलएल) का धनंजय कुमार लगभग ८५ हजार मतका साथ दोस्रो र जन सूरजकी प्रीति किन्नर ८,६०२ मतका साथ तेस्रो स्थानमा रहे।

यस चुनावमा भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा धेरै ८९ सिट जित्ने पार्टीको रूपमा अगाडि आएको छ। जनता दल (युनाइटेड) ले ८५, आरजेडीले २५ र कांग्रेसले केवल छ सिट जित्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप