समाधिको साम्राज्य
यो पृथ्वी
मरिसकेका मानिसहरूको पनि हो ।
श्वास चलिरहेको हाम्रा पैतालामुनि
असङ्ख्य फोसिलहरुको सहर छ,
निदाएका शरीरहरू छन्– माटोको डल्लोमा ।
सजाएर गएका छन्
उनीहरूले– मन्दिरमा आफ्नै अनुहारको ईश्वर
लेखेर छाडेका छन्
हामीहरूबिच– पाराडक्सले भरिएको शास्त्र
विचारका भुलभुलैया बाटाहरू बनाएर
हाम्रा पैतालाहरूमा छोडिदिएका छन् उनीहरूले ।
हामी फगत ब्रोइलरजस्तो
उनीहरूले नै खोजेको मौसमी चारो खाएर
पालिएका छौँ– उनीहरूकै खोरहरूमा ।
उनीहरूले नै बनाएको भाषामा
गाइरहेका छौँ– उनीहरूकै इतिहासको गीत ।
यो पृथ्वी
हिँडिरहेका खुट्टाहरूको मात्र होइन,
उनीहरूको पनि हो– जसका रोकिएका छन् खुट्टाहरू ।
यी मन्दिर र टुँडालका चित्रहरू
यी मजार र मिनारका चुचुराहरू
युद्ध र न्यायशास्त्रका प्रणाली
राज्य, सभ्यता र सिमानाको अवधारणाहरू
ऐना, झ्याल, झण्डा र आगो
उनीहरूले नै सजाएर राखेका हुन् ।
यो पृथ्वी
एउटा पुस्तकालय हो
यहाँ सयौँ कथाहरू छन्– आत्मकथाहरू छन्
यो तीनै मरिसकेका
मानिसहरूको पसिना र हाडहरूको कथा हो ।
जीवनको क्षणभङ्गुर लयमा
तर्कको ठोडहरु जुधाएर चिच्याइरहेछौँ हामीहरू
नचाइरहेछौँ– धर्म, दर्शन र विचारका तरबार
उनीहरू आउनेछन् एक दिन
कार्बन डेटिङको बाटो भएर– र सोध्नेछन्
‘के तिमीहरूले मृत्युको तयारी गरिसकेका छौ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण