‘तुरुन्त नियमित महाधिवेशन गर्नुस्, नत्र ५४ प्रतिशत हस्ताक्षर हेर्नुस्’
सारांश
- नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले महाधिवेशनको तालिका सार्वजनिक गर्न माग गरे।
- नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने र नेतृत्व छोड्न तयार रहेको चेतावनी दिए।
- पार्टी र जनताबीचको दूरी बढ्दै गए देश दुर्घटनामा फस्ने र पार्टी कमजोर भएको शर्माको भनाइ छ।
पोखरा । नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले तुरुन्त नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्न माग गरेका छन् । पोखरामा प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले नियमित महाधिवेशन नगरे ५४ प्रतिशत हस्ताक्षर अनुसार विशेष महाधिवेशन गर्न माग गरे ।
‘महाधिवेशन हाम्रो आन्तरिक प्रक्रिया हो । अवधि पुगेको छ भने के कारणले रोकिएको छ ?, उनले भने, ‘छिटो महाधिवेशनको मिति घोषणा गर । नभए ५४ प्रतिशत हस्ताक्षर छ, सोही अनुसार गर’ निर्णय दिन नसके नेतृत्व छोड्न पनि चेतावनी दिएका छन् ।
उनले केन्द्रीय समितिले आन्तरिक स्वार्थका कारण महाधिवेशन रोकिएको आरोप लगाउँदै यसलाई ‘अनिर्णयको बन्दी: को संज्ञा दिए । शर्माले पार्टी र जनताबिचको दूरी बढ्दै गएमा देश दुर्घटनामा फस्ने चेतावनी दिए । उनले धार्मिक स्वतन्त्रता, प्रजातन्त्र र समाजवादजस्ता कांग्रेसका मूल सिद्धान्तहरूबाट विचलित हुँदा पार्टी कमजोर भएको तर्क गरे ।
‘सुधार गरिएन भने पार्टी एकातिर, जनता अर्कोतिर हुन्छन् । हामी जनतासँग नभए देश नै दुर्घटनामा फस्छ,’ अघि भने, ‘धार्मिक स्वतन्त्रता, प्रजातन्त्र, समाजवाद छोड्यौँ भने हामी रहँदैनौँ । विरासतमा फर्किएनौँ भने जो सभापति बने पनि देशलाई केही दिन सक्दैनौँ ।
शर्माले गण्डकी समिति केन्द्रीय समितिसँग माफी माग्न तयार रहेको र आगामी एक महिनाभित्र अधिवेशन सम्पन्न गरेर जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण