१५औँ यल कप: सशिन र सुमनको जोडी अन्तिम आठमा, ५ विधामा प्रतिस्पर्धा जारी
सारांश
- पाटनमा जारी १५औँ यल कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगल र मास्टर ४५ वर्षमाथिको प्रतिस्पर्धा भइरहेको छ।
- पुरुष युगलतर्फ नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी अन्तिम आठमा प्रवेश गरेका छन्।
- प्रतियोगितामा विभिन्न विधाका विजेताहरूले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
काठमाडौँ । पाटनमा जारी १५औँ यल कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी अन्तिम आठमा प्रवेश गरेको छ।
उक्त जोडीले कोन्टिका निर्जन खड्गी र रितेश खड्गीको जोडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पराजित गरेका हुन्।
पुरुष युगलतर्फ अन्तिम आठमा पुग्ने अन्य जोडीहरू:
- नागबहालका सुमित शाक्य र सुशन शाक्यको जोडीले धौबहालका योमेश डङ्गोल र सिद्धार्थ महर्जनको जोडीलाई १८–२१, २१–१६, २१–१७ को सेटमा हरायो।
- सुबहालका रमन महर्जन र अमन शाक्यको जोडीले भुबहालका बाबुराजा बज्राचार्य र बिजय बज्राचार्यको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्यो।
- प्रयाग पोखरीका सुनिल बाराही र पुजन चित्रकारको जोडीले मनिडाउनका जगदिश महर्जन र सुजन शाक्यको जोडीलाई २१–१७, १९–२१, २३–२१ को सेटमा हरायो।
- ओकुबहालका दिपेश शाक्य र निशेष शाक्यको जोडीले नागबहालका सम्यक शाक्य र सुगल शाक्यको जोडीलाई २१–१९, २१–१४ ले पराजित गर्यो।
- चाकुपाटका सुमन शाक्य र सुशिल शाक्यको जोडीले अग्निशालका अनुप बस्नेत र सुजीप महर्जनको जोडीलाइ २१–८, २१–१६ ले हरायो।
- नागबहालका पुजन शाक्य र श्रवण शाक्यको जोडीले चुसिकाका सौर्य महर्जन र हखाका रुकेश शाक्यको जोडीलाई १६–२१, २१–१५, २१–१२ को सेटमा पराजित गर्यो।
- दथुँलका राजु बज्राचार्य र सुमित महर्जनको जोडीले नागबहालका आयुष धाख्वा र सञ्जय शाक्यको जोडीलाई २१–१४, २१–६ ले पराजित गर्यो।
मास्टर ४५ वर्षमाथिको प्रतिस्पर्धा:
ललितपुर वडा नं. ७ भिन्छेबहालस्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको मास्टर ४५ वर्ष माथिको प्रतिस्पर्धामा भुबहालका बाबुराजा बज्राचार्य र बिजय बज्राचार्यको जोडीले ओकुबहालका भुवन शाक्य र बिकाश शाक्यको जोडीलाई २१–६, २१–१९ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
क्वाटरफाइनलमा प्रवेश गर्ने अन्य जोडीहरू:
- पिन्छेंका राजेश महर्जन र राजु महर्जनको जोडीले भिन्छेंबहालका प्रदीप बज्राचार्य र रुपेश बज्राचार्यको जोडीलाई २३–२१, २१–१० ले हरायो।
- ओकुबहालका अमिर शाक्य र बिनोद शाक्यको जोडीले धौबहालका राजेन्द्र बज्राचार्य र स्वंभु राज बज्राचार्यको जोडीलाई २१–११, २१–१७ ले हरायो।
- भिन्छेंबहालका अनिल बज्राचार्य र सुगत रन्त शाक्यको जोडीले नागबहालका प्रविन शाक्य र सुदिम शाक्यको जोडीलाई २१–१७, २१–९ ले पराजित गर्यो।
- ओकुबहालका शान्ता डङ्गोल र स्वदेश शाक्यको जोडीले इखा टोलका रुपेन मान राजकर्णिकार र हिमाल लाल ताम्राकारको जोडीलाई २१–१४, २१–१४ ले हरायो।
- मनिडाउनका जगदिश महर्जन र नविन महर्जनको जोडीले नागबहालका शान्ता शाक्य र सुमन शाक्यको जोडीलाई २१–१०, २२–२० ले पराजित गर्यो।
- ओकुबहालका बिक्रम शाक्य र ज्ञानमुनी शाक्यको जोडीले मङ्गल बजारका किशोर ब्याञ्जनकार र बिरेन्द्र लाल श्रेष्ठको जोडीलाई २१–१४, २१–१५ ले हरायो।
- गुईटोलका गौतम महर्जन र कपिल महर्जनको जोडीले प्रयाग पोखरीका राजेश बज्राचार्य र सुरेश बाराहीको जोडीलाई २१–१८, २१–१३ ले पराजित गर्यो।
प्रतियोगितामा पुरुष युगल, महिला एकल, ब्वाइज यु–१५ एकल, मिक्स युगल र मास्टर ४५ वर्ष माथि गरी ५ विधामा प्रतिस्पर्धा भइरहेको छ।
- पुरुष युगल: विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थान प्राप्त गर्ने दुई टिमले १०/१० हजार रुपैयाँ पाउनेछन्।
- ब्वाइज यु–१५: विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ पाउनेछन्।
- महिला एकल: विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ पाउनेछन्।
- मास्टर ४५ वर्ष माथि: विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ पाउनेछन्।
- मिक्स युगल: विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ पाउनेछन्।
सबै विजेता, उपविजेता र तृतीय स्थान प्राप्त गर्नेहरूले नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पनि प्राप्त गर्नेछन्। प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण