मधेस प्रदेश : उपसभामुखद्वारा चौरमा प्रदेशसभा सञ्चालन
धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको र सभामुखले पदीय आचरण विपरीत कार्य गरेको भन्दै ७ राजनीतिक दलले आन्दोलन जारी राखेका छन्।
राजनीतिक दलहरूले कार्यकर्ता उतारेर शनिबार पनि जनकपुरमा प्रदर्शन गरेका छन्। यसअघि पनि प्रदेशसभा सदस्यहरूले मधेस भवनअगाडि धर्ना दिँदै आएका थिए।
यसैबिच, मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउतले चौरमा प्रदेशसभा सञ्चालन गरेकी छन्। सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि यसको प्रक्रिया अगाडि बढाउनुपर्ने उपसभामुख राउतले बताइन्। उनले सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसदहरूलाई पदमुक्त गर्न नमिल्ने जानकारी दिइन्।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् भने २४ गते एक होटलमा शपथग्रहण गराएकी थिइन्।
सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा (२) को आधारमा बहुमतीय सरकार बनाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए। तर उपधारा (२) अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै गलत नियतले उपधारा (३) प्रयोग गरेर एमालेको नेतृत्वमा सरकार बनाएको भन्दै ७ दलका नेताहरू विरोध प्रदर्शन गर्दै आइरहेका छन्।
७ राजनीतिक दलहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध भने पदीय आचरण विपरीत कार्य गरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। सभामुख मण्डलविरुद्धको अविश्वासको प्रस्ताव लिएर जाने क्रममा सांसदहरूमाथि हातपात समेत भएको थियो। आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए। सरकार गठन र सभामुखको कदमको विरोधमा ७ दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिबार जनकपुरमा प्रदर्शन गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण