‘सबै अट्ने, सबै खट्ने’ मार्गचित्र रोक्ने प्रयासले पार्टीमा असन्तुष्टि बढ्यो: डा. तोसिमा कार्की
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आन्तरिक विवाद सतहमा आएको छ, डा. तोसिमा कार्कीले नेतृत्वको आलोचना गरिन्।
- कार्कीले पार्टीभित्र निर्णय प्रक्रिया, नेतृत्व शैली र संगठनात्मक संस्कृतिमाथि प्रश्न उठाउँदै 'सबै अट्ने, सबै खट्ने' मार्गचित्र पेश हुन नदिएको आरोप लगाएकी छिन्।
- उनले बहुमतको कदर नभएको र उदार लोकतान्त्रिक संस्कार बिना पार्टीले योग्य व्यक्ति गुमाउने चेतावनी दिइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ। ‘सबै अट्ने, सबै खट्ने’ भनिने पार्टी रिफर्म मार्गचित्र पेस हुनै नदिने प्रयास भएको आरोप लगाउँदै केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेकी छन्। दबाबका कारण मार्गचित्र पेस भए पनि निर्णय प्रक्रियामा बहुमतलाई सम्मान न गरिएको उनको आरोप छ।
कार्कीले शनिबार सामाजिक सञ्जालमार्फत पार्टीभित्रको निर्णय प्रक्रिया, नेतृत्व शैली र संगठनात्मक संस्कृतिप्रति गम्भीर प्रश्न उठाएकी हुन् ।
कार्कीले ‘सबै अट्ने, सबै खट्ने’ भन्ने पार्टी रिफर्म मार्गचित्र पेस हुन नदिन ‘अनेक प्रयास गरिएको’ दाबी गर्दै, संगठनका कार्यकर्ताहरूको निरन्तर दबाबले मात्र प्रस्ताव अघि बढ्न सकेको बताएकी छन्। उनले संगठनमा समय, पसिना र ऊर्जा खर्च गर्ने साथीहरूको आवाजलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाइन्।
उनले लेखेकी छन्, ‘फेरि निर्णयमा न बहुमतको कदर भयो, न विधि पद्धतिमा चलियो। घमन्ड र दबाबले पार्टी चलाउनुथ्यो भने त ओली नै थिए नि !’
डा. कार्कीले रिफर्मका मागलाई ‘प्रतिगमनकारी’ भन्ने प्रवृत्तिको आलोचना गर्दै, उदार र लोकतान्त्रिक संस्कारविना पार्टीले योग्य र इमानदार मान्छेहरू गुमाउँदै जाने चेतावनी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण