टेलिकमको घोषणा : माघ मसान्तसम्म बक्यौता तिरे जरिवाना छुट
आइतबार, ३० कात्तिक २०८२, १० : २१
सारांश
- नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० सम्मको बक्यौता रकम माघ मसान्तभित्र तिरे जरिवाना छुट दिने भएको छ।
- मंसिर १ गतेदेखि २०८२ माघ मसान्तभित्र बक्यौता तिर्ने ग्राहकले जरिवानामा पूर्ण छुट पाउनेछन्।
- तोकिएको समयमा बक्यौता नतिरे ग्राहकको नाम सार्वजनिक गरिने र कालोसूचीमा राखिने टेलिकमले जनाएको छ।
काठमाडौं । नेपाल टेलिकमले बक्यौता भुक्तानीमा जरिवाना छुट दिने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको बाँकी रकम आगामी माघ मसान्तभित्र तिरेमा सम्पूर्ण जरिवाना शुल्क माफ गर्ने निर्णय गरेको छ।
टेलिकमद्वारा आइतबार जारी सूचनामा मंसिर १ गतेदेखि २०८२ माघ मसान्तभित्र बक्यौता भुक्तानी गर्ने ग्राहकले जरिवानाबाट पूर्ण राहत पाउने उल्लेख छ। नजिकको टेलिकम कार्यालयमा गई यो सुविधाको सदुपयोग गर्न कम्पनीले सबै ग्राहकलाई आग्रह गरेको छ।
यसैगरी, तोकिएको म्यादभित्र पनि बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा सार्वजनिक गर्ने तथा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने टेलिकमले स्पष्ट गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण