एनआरएनए यूएईको अध्यक्षमा ठकुरी
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको अध्यक्षमा भीम मल्ल ठकुरी चयन भएका छन्।
- यसअघि उनी एनआरएनए यूएईको उपाध्यक्ष थिए।
- नवनिर्वाचित अध्यक्ष ठकुरीले यूएईमा रहेका नेपाली समुदायका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भीम मल्ल ठकुरी चयन भएका छन्। यसअघि उनी उपाध्यक्ष थिए ।
एनआरएनए यूएईको बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । यसअघि एनआरएनए यूएईको अध्यक्ष विकास शाही थिए । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष मनोज गोर्खाली, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ लगायतको समेत सहभागिता थियो ।
कार्यसमितिको महासचिवमा कुमार श्रेष्ठ, उपाध्यक्षमा रुद्र थापा, सुरिन भुजेल, सचिवमा केशव खड्का, सविन तामाङ, कोषाध्यक्षमा नवराज ढुंगाना, सहकोषाध्यक्षमा अलिना श्रेष्ठ तथा सदस्यमा विजय श्रेष्ठ चयन भएका छन् ।
अध्यक्ष चयन भएपछि ठकुरीले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी दिएकामा सम्पूर्ण नेपाली समुदाय तथा एनआरएनए अभियन्ताप्रति आभार व्यक्त गरे । उनले भने, “मलाई दिएको यो जिम्मेवारी सम्मान मात्र होइन, ठुलो उत्तरदायित्व पनि हो। म यूएईमा रहेका नेपाली कामदार, व्यवसायी तथा सम्पूर्ण समुदायका लागि इमानदारी र प्रतिबद्धतापूर्वक काम गर्नेछु।”
ठकुरीले एनआरएनएमार्फत संगठन विस्तार, श्रम–सम्बन्धी सहयोग, समुदायिक समस्या समाधान र नेपाली अभियन्ताहरूबिचको समन्वयमा अग्रणी भूमिका निभाइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण