मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन
सारांश
- मेक्सिको सिटीमा हजारौं युवाहरू अपराध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका थिए।
- प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १२० जना घाइते भए, जसमा अधिकांश प्रहरी थिए।
- प्रहरीले २० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ, यो आन्दोलनलाई विपक्षी दलको समर्थन छ।
मेक्सिको सिटी । मेक्सिकोमा जेनजी आन्दोलन चर्किएको छ । हजारौँ युवा प्रदर्शनकारीहरू अपराध र भ्रष्टाचारको विरुद्धमा शनिबार मेक्सिको सिटीको सडकमा उत्रिएका थिए ।
विरोधको क्रममा प्रदर्शनकारी र प्रहरीसँग झडप समेत भएको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा, लाठी र साङ्लोले पनि आक्रमण गरेका छन् । प्रदर्शनकारीले प्रहरीको ढाल र अन्य उपकरणहरू समेत खोसेका छन् ।
यस आन्दोलनलाई विपक्षी दलका पुराना समर्थकहरूबाट भरपुर समर्थन मिलिरहेको छ । हिंसाको क्रममा १२० जना घाइते भएको मेक्सिको सिटी सुरक्षा सचिव पाब्लो भाज्क्वेजले बताए । घाइतेमध्ये झन्डै सय जना प्रहरी अधिकारी रहेको बताइएको छ । झडपका क्रममा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
सन् १९९० को दशकको अन्त्य र २०१० को दशकको सुरुवातको बीचमा जन्मेका युवाहरूलाई जेन जेड भनेर चिनिन्छ । यस वर्ष यो उमेर समूहले नेपाल लगायत कयौँ देशमा असमानता, लोकतन्त्रको पतन र भ्रष्टाचार विरुद्ध प्रदर्शनहरू आयोजना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण