गोदावरी नगरपालिकाले बनाउँदै बाँडेगाउँको प्रहरी प्रभाग
सारांश
- ललितपुरको बाँडेगाउँमा रहेको प्रहरी प्रभाग गोदावरी नगरपालिकाले पुनर्निर्माण गर्ने भएको छ।
- गोदावरी नगरपालिकाले १५ लाख र वडा कार्यालयहरूले रकम छुट्याएका छन्।
- भवन निर्माणका लागि हालसम्म ३३ लाख रकम विनियोजन गरिएको छ।
काठमाडौँ । जेनजी आन्दोलनमा ध्वस्त भएको ललितपुरको बाँडेगाउँमा अवस्थित प्रहरी प्रभाग गोदावरी नगरपालिकाले निर्माण गरिदिने भएको छ । नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूले प्रहरी कार्यालय बनाउन रकम छुट्टाएका छन् ।
गोदावरी नगरपालिकाको तर्फबाट १५ लाख रकम विनियोजन गरिएको मेयर गजेन्द्र महर्जनले बताए । गोदावरी नगरपालिकाको वडा नम्बर–१४ ले ८ लाख रकम छुट्टाएको छ । वडा नम्बर १, २, ३ र ४ ले जनही ३ लाख रकम छुट्टाएका छन् ।
प्रहरी निरीक्षकले नेतृत्व गर्ने बाँडेगाउँ प्रभाव वडा नम्बर–१४ मा अवस्थित छ । नक्सा तयार गरेर वडा नम्बर–१४ का अध्यक्ष नीरज बज्राचार्यको अध्यक्षतामा समिति निर्माण गरेर निर्माण कार्य सुरु गरिएको गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले जानकारी दिइन् ।
दुई तले कार्यालय भवन र मेस तयार गर्न अहिलेसम्म ३३ लाख छुट्टाइएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा आन्दोलनकारीले आगजनी गरेपछि पुरानो कार्यालय भवनको इट्टा समेत खस्न थालेपछि पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण