‘समावेशी समाजवादी पार्टी’ को चुनाव चिह्न ध्वजा वा चक्र प्रस्ताव
काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ले चुनाव चिह्नका रूपमा ध्वजा वा चक्र प्रस्ताव गरेको छ । आइतबार नुमा लिम्बूको अध्यक्षतामा उक्त पार्टीले दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ ।
निर्वाचन आयोगले प्रक्रिया पूरा भए आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको अध्यक्ष लिम्बूले जानकारी दिइन् ।
यस पार्टीकी प्रवक्ता एवं दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईंका अनुसार समावेशी समाजवादी पार्टी लोकतान्त्रिक सङ्घीयतामा आधारित हुनेछ ।
पार्टी गठनको औचित्यमाथि प्रकाश पार्दै प्रवक्ता चापागाईंले भनिन्, ‘हामी सधैँ पछाडि पारियौँ। हामीलाई प्रयोग गरियो, नेतृत्वदायी पदमा क्षमता भए पनि राखिएन । हाम्रो पहिचानलाई बेवास्ता गरियो र भोट बैंकका रूपमा मात्र हेरियो । समानुपातिकमा पनि पुछारमा राखियो ।’
उनले यस चुनौतीलाई स्वीकार गर्दै सबैलाई समेट्ने उद्देश्यले पार्टी खोलेको बताइन् । साथै यो समुदायले खोलेको संस्था भए पनि सबैलाई सहभागी हुन आह्वान गरिन् ।
निर्वाचन आयोगले पार्टी दर्ताका लागि सकारात्मक प्रतिक्रिया दिएको र प्रमाणपत्र दिने आश्वासन प्राप्त भएको प्रवक्ता चापागाईंले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण