प्रहरीको हतियार खोस्न खोज्ने युवक पक्राउ
सारांश
- सङ्खुवासभाको खाँदबारीमा एक व्यक्तिले प्रहरीको हतियार खोस्न खोज्दा प्रहरीले गोली चलायो।
- प्रहरीले ६ वर्षको कैद सजाय भोगेर छुटेका रुद्रबहादुर विश्वकर्मालाई पक्राउ गर्न खोज्दा घटना भएको हो।
- घाइते विश्वकर्माको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ र घटनाको अनुसन्धान जारी छ।
खाँदबारी । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज खुकुरी देखाएर प्रहरीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
प्रहरीले खाँदबारी नगरपालिका–१ बसपार्क क्षेत्रमा पक्राउ गर्न खोज्दा खाँदबारी–६ का ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले सादा पोसाकमा खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले उनको तिघ्रामा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
विश्वकर्मा जबर्जस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र कारागारमुक्त भएका थिए । छुटेपछि पनि उनीविरुद्ध ६–७ वटा चोरीसम्बन्धी उजुरी परेपछि प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए ।
परिस्थिति नियन्त्रणबाहिर गएपछि सुरक्षाकर्मीले आत्मरक्षार्थ गोली प्रहार गर्नुपरेको डिएसपी मैनालीले जानकारी दिए । गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण