लुम्बिनी लायन्सको मोबिलिटी पार्टनरमा एमजी
सारांश
- पारामाउन्ट मोटर्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ।
- साझेदारीले टिमलाई एमजीका सवारी साधन उपलब्ध गराउनेछ, जसले खेलाडीहरूलाई सहज यात्रा सुनिश्चित गर्नेछ।
- पारामाउन्ट मोटर्सले खेलकुदमा प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ।
काठमाडौँ। नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा. लि.ले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ। यस सहकार्यले टिमलाई सहज र भरपर्दो एमजी सवारी सुविधा प्रदान गर्नेछ।
पारामाउन्ट मोटर्सले लुम्बिनी लायन्सलाई एमजीका प्रिमियम सवारी साधन उपलब्ध गराउँदै खेलाडीहरूलाई उच्च मनोबल प्रदान गर्ने र आरामदायी एवम् सुरक्षित यात्राका साथ आफ्नो प्रदर्शनमा केन्द्रित हुन सहयोग गर्नेछ।
साझेदारीले पारामाउन्ट मोटर्सको खेलकुदमा प्रोत्साहन तथा प्रवर्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले बताएको छ । यसैक्रममा पारामाउन्ट मोटर्स प्रा.लि. का महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले भने, ‘लुम्बिनी लायन्ससँग साझेदारी गर्नु हाम्रो लागि एउटा अवसर हो। हामी हाम्रो सवारीहरू मार्फत टिमलाई प्रत्यक्ष एमजी अनुभवका साथ मैदानमा उतार्न पाउँदा अत्यन्तै खुसी छौँ। एनपीएल यात्रामा मोबिलिटी पार्टनर बनेर सहयात्रा गर्दै सकेको सेवा, सुविधा प्रदान गर्ने कार्यमा हामी सदैव केन्द्रित रहनेछौं।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण