फेरिए बाजुराका प्रमुख जिल्ला अधिकारी
सोमबार, ०१ मङ्सिर २०८२, १४ : ४६
सारांश
- गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई सरुवा गरेको छ।
- पौडेलको स्थानमा डोरेन्द्र निरौलालाई बाजुरा पठाइएको छ भने पौडेललाई पर्वत सरुवा गरिएको छ।
- पवन कोइरालालाई मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
काठमाडौँ । गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीका अनुसार बाजुराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई तानिएको हो ।
पौडेलको स्थानमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई पठाइएको पराजुलीले रातोपाटीलाई जानकारी दिए । बाजुरामा उपसचिव प्रमुख जिल्ला अधिकारी हुन्छन् ।
बाजुराबाट तानिएका पौडेललाई पर्वत जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका उपसचिव पवन कोइरालालाई मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण