नेपाल कम्युनिस्ट पार्टी र नेकपा(मार्क्सवादी)बिच पार्टी एकता
सारांश
- लोक नारायण सुवेदीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी र अम्बिका प्रसाद थैबको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) बीच पार्टी एकता भएको छ।
- एकता कार्यक्रममा, संयोजक लोकनारायण सुवेदीले प्रचण्डले 'नेकपा' नाममा बलमिच्याइँ गरेको आरोप लगाए र सर्वोच्च अदालत जाने बताए।
- पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेलिनवाद-माओविचारधारा राखिएको छ, र अम्बिकाप्रसाद थैबले वर्तमान राजनीतिक संकटलाई ध्यानमा राखेर एकता गरेको बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)बिच पार्टी एकता भएको छ ।
लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र अम्बिकाप्रसाद थैब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(मार्क्सवादी)बिच पार्टी एकता भएको हो ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच एकता भएलगत्तै पार्टीका संयोजक लोकनारायण सुवेदीले ‘नेकपा’ नाममा प्रचण्डले बलमिच्याइँ गरेकोमा आपत्ति जनाए । ‘नेपाल कम्युनिस्ट पार्टी नामको दल यसअघि नै निर्वाचन आयोगमा दर्ता थियो, प्रचण्डले बलमिच्याईँ गरे अब हामी सर्वोच्च अदालत जान्छौं’, नेता सुवेदीले भने ।
नेपाल कम्युनिस्ट पार्टी(मार्क्सवादी)का अध्यक्ष अम्बिकाप्रसाद थैबले देशको वर्तमान राजनीतिक संकट र वर्गसंघर्षलाई मध्यनजर गरेर आजको आवश्यकता अनुसार एकता गरेको बताए ।
एकतापछि बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहेको संयोजक लोकनारायण सुबेदीले बताए । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेलिनवाद–माओविचारधारा राखिएको पनि पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण