दिल्ली कार विस्फोट प्रकरण: थप एक व्यक्ति पक्राउ
सोमबार, ०१ मङ्सिर २०८२, २३ : ४४
सारांश
- दिल्लीको लाल किल्ला नजिकै भएको कार बम विस्फोटमा संलग्नताको आरोपमा एनआईएले थप एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा जम्मु कश्मीरका जसिर बिलाल वानी रहेका छन्, जसलाई श्रीनगरबाट पक्राउ गरिएको हो।
- एनआईएले जसिरले आतंकवादी हमलाका लागि प्राविधिक सहयोग गरेको र रकेट बनाउन प्रयास गरेको आरोप लगाएको छ।
काठमाडौँ । १० नोभेम्बरमा दिल्लीको लाल किल्ला नजिकै भएको कार बम विस्फोट घटनामा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले थप एक जनालाई पक्राउ गरेको छ ।
एनआईएले सोमबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
विज्ञप्तिअनुसार, कश्मीरका जसिर बिलाल वानीलाई एनआईएको टोलीले श्रीनगरबाट पक्राउ गरेको हो। जसिर जम्मु कश्मीरको अनन्तनाग, काजीगुन्डका बासिन्दा हुन्।
एनआईएले भनेको छ कि जसिरले आतङ्कवादी हमलाका लागि प्राविधिक सहयोग गरेको आरोप छ। उनले कार बम विस्फोट हुनु अघि रकेट बनाउन पनि प्रयास गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण