प्रतिनिधिसभा र राष्ट्रियसभा उम्मेदवारको नामावली एकैसाथ प्रकाशन गरौँ: कांग्रेस नेता गुरुङ
सारांश
- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले उम्मेदवारहरूको नामावली एकैसाथ प्रकाशन गर्नुपर्ने बताए।
- उनले प्रतिनिधि सभाको निर्वाचनमा अन्य दलहरूसँग गठबन्धन नगर्न जोड दिएका छन्।
- गुरुङले पार्टीमा राजनीतिक न्याय र अवसरको समान वितरण हुनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ) र राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारहरूको नामावली एकैसाथ प्रकाशन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा अन्य कुनै पनि दलहरूसँग चुनावी गठबन्धन गर्नु नहुनेमा उनले जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुवै निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टीमा राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति हुनुपर्ने उनले बताए ।
गुरुङले भनेका छन्– 'नेपाली कांग्रेसको विधानको धारा २३ अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समिति र विधानको धारा ३१ को उपधारा १ (घ) अनुसार गठन हुने केन्द्रीय संसदीय समितिलाई तत्काल पूर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरू (५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला)लाई मनोनीत गर्नु पर्छ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण