बागमतीका मुख्यमन्त्रीले भने–भ्रम छर्नेहरूलाई गाउँबाट लखेट्नुपर्छ
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनमा भ्रम छर्नेहरूबाट सचेत रहन आग्रह गरे।
- उनले काम गर्ने उम्मेदवारलाई रोज्न र भ्रम छर्नेलाई चिनेर लखेट्न मतदातालाई आग्रह गरे।
- प्रदेश सरकार न्यायमुखी, गाउँमुखी र विकासमुखी काममा केन्द्रित रहेको मुख्यमन्त्रीले बताए।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनका बेला भ्रम छर्नेहरूदेखि सचेत रहन आग्रह गरेका छन् । उनले निर्वाचनको समयमा आउने भ्रम छर्नेहरूलाई नागरिकले चिन्नुपर्ने बताएका हुन् ।
मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याप ढलान कार्यको शुभारम्भ गर्दै उनले भ्रम छर्नेलाई छाडेर काम गर्ने उम्मेदवारलाई रोज्न आम मतदातालाई आग्रह गरे ।
आगामी फागुनमा अन्तरिम सरकारले गर्ने भनिएको निर्वाचनमा भ्रमको खेती गर्ने र मीठा भाषण गर्नेहरू धेरै आउने उनको भनाइ छ । मुख्यमन्त्री बानियाँले काम गर्ने उम्मेदवारलाई चिनेर जिताउनुपर्नेमा जोड दिए ।
‘कुरा धेरै जान्ने तर, काम नगर्नेहरूले फेसबुक र युट्युबमा राम्रा भाषण गर्छन्, तर काम भने गर्दैनन्,’ उनले भने, ‘जनताले त्यस्तालाई चिनेर कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ ।’
उनले भ्रम सिर्जना गर्ने व्यक्ति र पार्टीलाई गाउँगाउँबाट लखेट्नुपर्ने र उनीहरूले गरेका काम र भविष्यका योजनाबारे प्रश्न गर्नुपर्ने बताए ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकार न्यायमुखी, गाउँमुखी र विकासमुखी काममा केन्द्रित रहेको दाबी गर्दै आगामी बजेट पनि सोहीअनुसार लक्षित हुने पनि बताए । प्रदेश सरकारले विकास निर्माणसँगै नागरिकलाई सीप र तालिम प्रदान गरी आयआर्जनसँग जोड्ने काममा लागिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकाले स्थानीयलाई आयआर्जन र सीप प्रवर्द्धनमार्फत स्वरोजगार बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । किसानलाई पशुपालनमा प्रोत्साहन गर्न दूध बिक्रीको भुक्तानी समयमै दिलाउन दुग्ध डेरीसँग सम्झौता गरिएको उनले जानकारी दिए । जसका कारण गाईभैँसी पाल्ने किसानको संख्या बढेको उनको उनको दाबी थियो । साथै, शोकमा परेका विपन्न नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने जस्ता कार्यले स्थानीय सरकारको अनुभूति दिलाएको उनले बताए ।
गुणी निर्माण सेवाले ठेक्का पाएको सो सडक बागमती प्रदेश सरकारको ७४ लाख ९६ हजार रुपैयाँको बजेटमा ६ मिटर चौडा र ७ सय ३२ मिटर निर्माण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण