बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

मङ्गलबार, ०२ मङ्सिर २०८२, १६ : ४१
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • बागमती नदीको किनारमा अलपत्र सवारी साधन हटाउन सुरु गरिएको छ।
  • गोकर्णेश्वर नगरपालिकामा रहेको प्रहरी चौकी नजिकबाट सवारी साधन हटाइयो।
  • मन्त्री कुलमान घिसिङको निर्देशनपछि बेवारिसे सवारी साधन हटाउन थालिएको हो।

काठमाडौँ । बागमती नदीको गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । 

गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार बागमती नदी कोरिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए । 

जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ । 

साथै, गुह्येश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थुप्रिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप