फुटबल
टर्कीसँग बराबरीमा रोकियो स्पेन
बुधबार, ०३ मङ्सिर २०८२, ०३ : ३३
सारांश
- विश्वकप २०२६ छनोट अन्तर्गतको खेलमा स्पेन र टर्कीले २-२ को बराबरी खेले।
- स्पेनका लागि दानी ओल्मो र मिकेल ओयार्जाबालले गोल गरे भने टर्कीका लागि डेनिज गुल र सालिह ओजकानले गोल गरे।
- बराबरीपछि स्पेनले विश्वकपमा स्थान पक्का गरेको छ भने टर्की प्लेअफमा पुगेको छ।
काठमाडौँ । विश्वकप २०२६ छनोट अन्तर्गत आज भएको खेलमा स्पेन टर्कीसँग बराबरीमा रोकिएको छ ।
समूह ई को खेलमा स्पेन र टर्कीले २-२ को बराबरी खेलेका हुन्। खेलको ४ औँ मिनेटमै दानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसपछि टर्कीएका डेनिज गुलले ४२ औँ मिनेटमा बराबरी गोल गरे। दोस्रो हाफमा ५४ औँ मिनेटमा सालिह ओजकानले गोल गर्दै टर्कीएलाई २-१ ले अगाडि ल्याए।
तर स्पेनले दबाब कायम राख्दै ६२ औँ मिनेटमा मिकेल ओयार्जाबालको गोलमार्फत स्कोर बराबरीमा ल्यायो।
बराबरी भए पनि स्पेनले स्वतः विश्वकपका लागि स्थान सुनिश्चित गरेको छ भने टर्की मार्चमा हुने प्लेअफ चरणमा प्रवेश गर्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण