मृत्युदण्डको सजायबारे हसिनाका छोराले दिए यस्तो प्रतिक्रिया
सारांश
- शेख हसिनाका छोरा सजीव वाजिदले आमाको मृत्युदण्ड गैरकानूनी भएको बताए।
- बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीको माग गरेको छ, जसमा वाजिदले आपत्ति जनाए।
- वाजिदले बङ्गलादेशको सरकार असंवैधानिक भएको र सुपुर्दगी प्रक्रिया अवैध भएको आरोप लगाए।
नयाँ दिल्ली । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको छोरा सजीव वाजिदले आफ्नी आमाको मृत्युदण्डलाई गैरकानूनी भनेका छन् । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि वाजिदको यो प्रतिक्रिया आएको छ । बङ्गलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ ।
हसिनाको सुपुर्दगी र बङ्गलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा समाचार एजेन्सी एएनआईले उनका छोरा सजीव वाजेदसँग कुरा गरेको थियो । सजीव वाजिदले भने, ‘भारत सधैं असल मित्र रहेको छ । संकटको समयमा भारतले मेरी आमाको ज्यान बचायो । यदि उनले बंगलादेश नछोडेको भए, अतिवादीहरूले उनको हत्या गर्ने योजना बनाएका थिए । मेरी आमाको ज्यान बचाएकोमा म प्रधानमन्त्री मोदीको सरकारप्रति सधैं आभारी रहनेछु ।’
‘सुर्पदगी प्रक्रियाबाट हुनुपर्छ । बङ्गलादेशमा निर्वाचित सरकार छैन; यो असंवैधानिक र अवैध सरकार हो ।’ शेख हसिनाको सुपुर्दगीबारे उनले भने । आमालाई दोषी ठहराउन र उनको मुद्दा छिटो चलाउन कानुन संशोधन गरिएको पनि उनले बताए । सांसदबिना कानुन संशोधन गर्न नपाउने र यसको अर्थ कानुनहरू गैरकानूनी रूपमा संशोधन गरिएकोमा उनले जोड दिए ।
आमालाई बचाउ वकिल राख्न अनुमति नदिइएकाे र उनका वकिलहरूलाई अदालतमा प्रवेश गर्न पनि अनुमति नदिइएको पनि उनले बताए । मुद्दा चल्नु अघि, १७ न्यायाधीशहरूलाई बर्खास्त गरेर नयाँ न्यायाधीशहरू नियुक्त गरिएको अनि यीमध्ये कसैलाई त बेन्चमा काम गरेको कुनै अनुभवै नभएको उनीहरू राजनीतिक रूपमा मात्रै जोडिएको पनि वाजिद बताए । सुपुर्दगीको लागि उचित प्रक्रियाहरू पालना हुनु पर्ने भन्दै उनले सबै कुरा अवैध रूपमा भएको बेला कुनै पनि देशले सुपुर्दगी नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण