नयाँ ६ दलले पाए प्रमाणपत्र, ३१ दल प्रक्रियामा
सारांश
- निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ दल दर्ता भएका छन्।
- राष्ट्रियसभा निर्वाचनका लागि आयोगमा जम्मा चार दलले दर्ता गराएका छन्।
- ६ दलले मात्र दल दर्ता प्रमाणपत्र पाएका छन्, बाँकी प्रक्रियामै छन्।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्नेको सूची १७ पुगेको छ । आयोगले दल दर्ता आह्वान गरेको पहिलो दिन मङ्सिर १ गते १२ दलले दर्ता गराएका थिए ।
दोस्रो दिन हिजो जम्मा ५ दलले मात्र दर्ता गराएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । दल दर्ता गराउनेमा अधिकांश नयाँ पार्टी रहेका छन् । यस्तै माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आयोगमा जम्मा चार दलले दल दर्ता गराएको छ ।
दल दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।
दल दर्ता प्रमाणपत्रका लागि निवेदन दिएका ३२ मध्ये अहिलेसम्म ६ दलले मात्र प्रमाणपत्र पाएका छन् ।
प्रमाणपत्र पाउनेमा श्रम सांस्कृतिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी र नेपाल कम्युनिस्ट पार्टी(माओवादी) रहेको छ । बाँकी ३१ दल दर्ता प्रक्रियामै रहेको प्रवक्ता भट्टराईले जानकारी दिए । आयोगमा यसअघि नै दर्ता भएका १२४ मध्ये ७ दल खारेज हुँदा १२३ दल सूचीकृत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण