सुर्खेतमा थपिए २७८४ थप मतदाता
सारांश
- सुर्खेतमा आगामी निर्वाचनका लागि २,७८४ नयाँ मतदाता थपिएका छन्।
- नयाँ दर्ता निर्वाचन घोषणा भएपछिको अवधिमा आएर नामावली दर्ता गराउनेहरूको संख्या हो।
- थपिएका मतदाताहरूमध्ये १,६७० पुरुष र १,११४ महिला रहेका छन्।
सुर्खेत । सुर्खेतमा दुई हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार आगामी फागुनमा हुने निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने क्रममा असोज १० गतेदेखि कात्तिक ३० गतेसम्म २ हजार ७८४ नयाँ मतदाता थपिएका हुन् ।
यी नयाँ दर्ताहरू निर्वाचन घोषणा गरिएपछि कार्यालयमा आएर नामावली दर्ता गराउनेहरूको सङ्ख्या हो । गुरुङका अनुसार कात्तिक ३० गतेसम्म दर्ता भएका नयाँ मतदाताहरूमध्ये पुरुष १ हजार ६७० र महिला १ हजार ११४ जना छन् ।
अझै मतदाता थपिने क्रम जारी नै रहेको उनले बताए । उनका अनुसार, सुर्खेतमा यसअघिको साबिकको मतदाता नामावलीमा कुल २ लाख ४४ हजार ७१४ मतदाता थिए ।
तीमध्ये पुरुष १ लाख १९ हजार ३९१ र महिला १ लाख २५ हजार ३२३ जना थिए । प्रदेशभरिको साबिकको कुल मतदाता सङ्ख्या १० लाख ६ हजार ८७२ रहेको छ । अन्य जिल्लाहरूबाट भने अद्यावधिक तथ्याङ्क आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण