विवादै विवादमा पतिले काटिदिए पत्नीको कान
सारांश
- राजस्थानको कोटामा एक व्यक्तिले आफ्नी पत्नीलाई चक्कुले आक्रमण गरी कान काटेका छन्।
- घरेलु विवादका कारण पतिले पत्नीलाई सुनसान सडकमा लगेर कुटपिट गरेको आरोप छ, र पछि प्रहरीमा आत्मसमर्पण गरे।
- घाइते महिलाको अस्पतालमा उपचार भइरहेको छ, र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
भारतको राजस्थानस्थित कोटा महावीर नगर प्रहरी थाना क्षेत्रमा बुधबार एउटा अचम्म पार्ने घटना सार्वजनिक भएको छ । जहाँ घरेलु विवादले हिंसात्मक र डरलाग्दो रूप लिएको छ । पतिले आफ्नै पत्नीलाई जुस खुवाउने बहानामा घरबाहिर बोलाएर सुनसान सडकमा लगेर निर्दयीपूर्वक कुटपिट मात्र गरेनन्, चक्कुले पत्नीको एउटा कान नै काटिदिएका छन् ।
घटनापछि आरोपी आफैँ प्रहरी चौकी पुगेर जानकारी दिएपछि उनलाई पक्राउ गरिएको थियो ।
दुई महिनादेखि माइतमा थिइन् महिला
घाइते महिला गिरिजेशका अनुसार उनी विगत दुई महिनादेखि आफ्नो माइत देवली माझी भन्ने गाउँमा बस्दै आएकी थिइन् । उनको स्वास्थ्य खराब भइरहेको थियो र केही समयअघि मात्र अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । यसैबिच पति खुशराजले उनलाई फोन गरेर डाक्टरलाई देखाउन कोटा अर्को सहर लिएर जाने बताएका थिए ।
महिलाका बुबा उनलाई कोटा छोडेर फर्किएका थिए । राति करिब १० बजे खुशराज ड्युटीबाट घर आए र जुस खुवाउने बहानामा पत्नीलाई बाहिर बोलाएर आफूसँगै लगे । हिँड्दै गर्दा उनले पत्नीलाई सुनसान सडकतिर लगे, जहाँ अचानक उनीमाथि आक्रमण गर्न थाले ।
चक्कुले कान काटे
गिरिजेशले बताएअनुसार खुशराजले उनलाई पहिले धकेलेर काँडैकाँडा भएको झाडीमा फालिदिएका थिए । त्यसपछि चक्कुले आक्रमण गर्दै आफ्नो एउटा कान काटिदिएको उनले बताएकी छन् । दुखाइले कराउँदै महिलाले कुनै न कुनै तरिका अपनाएर त्यहाँबाट उनी बाहिर निस्किइन्, खुशराज पनि घटनास्थलबाट भागे ।
खुशराज भन्छन्– प्लट किन्न दबाब दिइरहेकी थिइन्
घटनापछि आरोपी पति खुशराज आफैँ महावीर नगर प्रहरी चौकी पुगेका थिए र प्रहरीसामु उनले घटनाबारे बताएका थिए । पत्नीले प्लट किन्न बारम्बार दबाब दिइरहेको र आफूहरूबिच विवाद बढेपछि यो घटना भएको उनले प्रहरीसमझ बयान दिएका छन् ।
यद्यपि महिलाले यी आरोपहरूलाई पूर्ण रूपमा खारेज गरेकी छन् । उनका अनुसार दुई महिनादेखि उनीहरू दुईबिच कुनै विवाद थिएन । पतिले योजनाबद्ध तरिकाले घटना गराए उनको आरोप छ । आफूलाई जुस खुवाउने बहानामा बाहिर बोलाएर पतिले आक्रमण गरेका उनले बताएकी छन् ।
गम्भीर रूपमा घाइते भएकी महिलालाई एमबीएस अस्पतालमा भर्ना गरिएको छ । जहाँ डाक्टरहरूको निगरानीमा उनको उपचार जारी छ । प्रहरीले आरोपीलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण