एनपीएलमा खेलाडीलाई सट्टेबाजीको प्रस्ताव राखेको आरोपमा दुई जना पक्राउ
बुधबार, ०३ मङ्सिर २०८२, १६ : ५०
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजीको प्रस्ताव राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको हरियाणा घर भएका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया बारबर्दिया नगरपालिका–८ घर भएर भारत बस्ने रेविका सिंह ठकुरी छन् ।
उनीहरूले एनपीएलमा प्रतिस्पर्धा गरिरहेका खेलाडीलाई स्पोन्सर गर्छौँ भन्दै ह्वाट्स एप र इन्स्टाग्राममार्फत मिलेमतोमा खेल्न आग्रह गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
सट्टेबाजहरूले राखेको प्रस्तावको सूचना खेलाडीहरूले नै प्रहरीलाई दिएका थिए ।
आरोपीहरूलाई मंगलबार लाजिम्पाटबाट पक्राउ गरेर उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण