मधेसका सभामुख पदमुक्त
सारांश
- मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गरियो।
- पदीय आचरण विपरीत काम गरेको भन्दै दुई तिहाइले प्रस्ताव पारित गर्यो।
- सभामुखले पाँच सांसदलाई हटाएपछि सात दलले विरोध जनाएका थिए।
काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।
प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने प्रस्ताव बुधबार दुई तिहाइले पारित भएको हो ।
मधेस प्रदेश सभामा उपस्थित रहेका ७८ प्रदेश सभा सदस्यहरू मध्ये ७६ ले सभामुख मण्डल विरुद्ध दर्ता भएको प्रस्तावको पक्षमा मत दिएका थिए ।
प्रस्तावको विपक्षमा भने शून्य मत परेको थियो । कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले राख्नुभएको उक्त प्रस्तावको पक्षमा आएको मत, प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत भएकाले पारित भएको उपसभामुख बबिता राउत ईशरले घोषणा गरिन् । प्रस्ताव दुई तिहाइले पारित भएसँगै सभामुख मण्डल स्वतः पदमुक्त भएको उनले जानकारी गराइन् ।
मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद अनुसारको आचरण नगरेको भन्दै कात्तिक २७ गते उक्त प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।
मधेस प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेश सभाका सदस्यहरूले प्रदेश सभाको बैठक बोलाउनका लागि मंगलबार उपसभामुखलाई आग्रह सहितको पत्र बुझाएपछि बुधबार प्रदेशसभा बैठक बोलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण