भारतबाट आएर रन आउटको १ करोड दिने प्रस्ताव
सारांश
- त्रिवि क्रिकेट मैदानमा भइरहेको एनपीएलमा सट्टेबाजीको प्रस्ताव राख्ने दुई जना पक्राउ परे।
- पक्राउ पर्नेमा भारतका दिलप्रित सिंह र रेविका सिंह ठकुरी थिए, जसले खेलाडीलाई 'रन आउट' हुन १ करोडको प्रस्ताव गरेका थिए।
- खेलाडीले प्रहरीलाई खबर गरेपछि उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको हो, र उनीहरूले बेटिङ एपमार्फत पैसा कमाउने योजना बनाएका थिए।
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको प्रस्ताव राख्ने दुई जना मंगलबार पक्राउ परे । पक्राउ पर्नेमा भारतको हरियाणा घर भएका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ घर भएर भारत बस्ने रेविकासिंह ठकुरी छन् ।
रेविका पछिल्लो समय भारतको चण्डिगढ बस्दै आएकी थिइन् । भारतीय युवक सिंहलाई उनले चण्डीगढमा नै चिनेकी हुन् । उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
रेविकाले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत एक जना नेपाली खेलाडीलाई ‘स्पोन्सर’ गर्ने प्रस्ताव गरिन् । क्रिकेट खेलाडीले यताबाट सोधे, ‘कस्तो स्पोन्सर ?’ त्यसपछि उनले भेटेर गफ गर्ने बताइन् । खेलाडीले कुरा गर्ने सङ्केत पाएपछि दिलप्रित सिंह र रेविका जहाज चढेर काठमाडौँ ओर्लिए ।
उनीहरू कात्तिक ३० मा काठमाडौँ आएका हुन् । काठमाडौँ आएर रेविकाले इन्स्टामार्फत खेलाडीलाई भेट्ने अफर गरिन् । क्रिकेट खेलाडीले बाहिर भेट्न अस्वीकार गरेपछि उनीहरू ती खेलाडी बस्ने होटलमा पुगे । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘खेलाडीले आफू बस्ने होटल बाहेक अन्यत्र भेट्न अस्वीकार गरेको देखिन्छ ।’
स्पोन्सर गर्ने प्रस्ताव लिएर होटलमा गएका उनीहरूले खेलाडीलाई भने– ‘रन आउट भइदिनुस्, १ करोड दिन्छौँ ।’ रन आउटको १ करोड आउने प्रस्तावपछि खेलाडीले उनीहरूको प्रस्ताव अस्वीकार गरेका थिए । उनीहरूले एउटा रन आउट हुँदा १ करोड दिने प्रस्ताव गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
फिक्सिङ गराउने गिरोहबारे तिनै खेलाडीले प्रहरीलाई खबर गरेका हुन् । त्यसबारे सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो । खेलाडीसँग भेटेर फिक्सिङ खेल्न आग्रह गरेको भोलिपल्ट नै उनीहरू पक्राउ परेका छन् । उनीहरुबिरुद्ध प्रहरीले सट्टेबाजी गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
क्रिकेटरले फिक्सिङ खेल्ने प्रस्ताव स्वीकार गरेको भए उनीहरूले बेटिङ एपमार्फत बाजी राखेर करोडौँ रकम कमाउने योजना बनाएको अनुसन्धान अधिकृतहरू बताउँछन् । दिलप्रित सिंह र रेविका प्रेमी प्रेमिका हुन् । रेविका भारतमा गएपछि चिनजान भएको सम्बन्ध प्रेममा बद्लिएको उनीहरूले अनुसन्धान अधिकृतहरूसँग बताएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण