नक्कली बिल बनाएर भ्रष्टाचार, कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर
सारांश
- अख्तियारले बाजुराको प्रसुति केन्द्र भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
- भवन निर्माणमा नक्कली बिल बनाई १५ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
- भवन मापदण्डविपरीत बनेको र प्रयोगविहीन अवस्थामा रहेको अख्तियारले जनाएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको हिमाली गाउँपालिका–६ स्थित प्रसुति केन्द्रको भवन निर्माणमा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह, इन्जिनियर, सब–इन्जिनियर तथा उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा भवनको तोकिएअनुसार काम पूरा नै नगरी १५ लाख ८ हजार ५ सय ५७ रुपैयाँ हिनामिना गरेको आयोगको दाबी छ ।
सम्झौता अनुसार आल्मुनियमको झ्याल–ढोका राख्नुपर्नेमा स्थानीय काठ प्रयोग गरेको, सिमेन्टको गारो लगाउनुपर्नेमा सुख्खा ढुङ्गा मात्र प्रयोग गरेको र छाना तथा सिलिङको काम नै नगरी कार्य सम्पन्न प्रतिवेदन बनाएर सरकारी रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
निर्माण मापदण्डविपरीत बनेको उक्त भवन अहिले प्रयोगविहीन भई भग्नावशेष अवस्थामा पुगेको छ । तत्कालीन कार्यालय प्रमुख सिंह, इन्जिनियर सुनेश कुमार चौरसिया, सब–इन्जिनियर नरेश रावतसहित उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध जनही १५ लाख ८ हजार ५ सय ५७ रुपैयाँ बिगो कायम गरी बिगो असुल र कैद सजायको माग गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण