दुर्गा प्रसाईं समर्थित समूहको दाबी– पाँच वटा वेबसाइट ह्याक गर्यौँ, अझै गर्दै जान्छौँ
सारांश
- व्यवसायी दुर्गा प्रसाईं समर्थक समूहले ५ वटा सार्वजनिक निकाय तथा संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको छ।
- समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग लगायतका वेबसाइट ह्याक गरेको जनाएको छ।
- समूहले अन्तरिम सरकारविरुद्ध साइबर युद्धको घोषणा गर्दै दुर्गा प्रसाईंको रिहाइको माग गरेको छ।
काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ समर्थित समूहले विभिन्न पाँच वटा सार्वजनिक निकाय तथा संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको छ ।
‘नेपालका लागि नेपाली’ नाम गरेको उक्त समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग लगायत संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको हो ।
यीबाहेक मिर्मिरे लघुवित्त, इन्द्रावती क्याम्पसका सर्भरहरूमा आक्रमण गरेको समूहले दाबी गरेको छ । उक्त समूहले वर्तमान अन्तरिम सरकारविरुद्ध साइबर युद्धको घोषणा गरेको छ । उसले भनेको छ, ‘हामीले दुर्गा प्रसाईँलाई रिहा गर्न सरकारलाई धेरै पटक समयसीमा दिएकाले हामी नेपालको अन्तरिम सरकार विरुद्ध साइबर युद्धको घोषणा गर्छौँ । गिरफ्तारी साँच्चै अलोकतान्त्रिक र विशुद्ध राजनीतिक थियो ।’
अब झन् अन्तरिम सरकारसँग जोडिएका सबै साइटहरूमा द्रुत रूपमा आक्रमण गर्ने समेत उक्त समूहको धम्की छ । उक्त समूहले आफ्नो उद्देश्य अन्तरिम सरकारसँग जोडिने सबै कुरामाथि आक्रमण गर्नु र डाटा सेन्टरबाट सबै कुरा मेटाउनु रहेको समेत जनाएको छ । आफूसँग प्रत्येक डाटा सेन्टरमा पहुँच रहेको र प्रत्येकलाई आक्रमण गर्ने जनाएको छ ।
यद्यपि उक्त समूहले भनेका सबै संस्थाका वेबसाइटमा हाल कुनै अवरोध भने देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण