अवरोधको सामना प्रतिरोधमार्फत गरिन्छ : महेश बस्नेत
सारांश
- एमाले नेता महेश बस्नेतले अवरोधको प्रतिरोध गर्ने बताए, आलोचनालाई स्वीकार्ने तर अवरोध सहन नसकिने उनको भनाइ छ।
- उनले आन्दोलनको नाममा आतंकवादी गतिविधि गर्नेलाई समर्थन गर्न नसकिने र निष्पक्ष छानबिन हुनुपर्ने बताए।
- सामाजिक सञ्जालको दुरुपयोग र नेपाललाई अस्थिर बनाउने प्रयास भइरहेको उनको भनाइ छ।
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तर क्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बस्नेतले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताए ।
एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उनले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको समेत उनले स्पष्ट पारे ।
उनले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको र अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेको उनले बताए ।
नेता बस्नेतले धारणा राखिरहँदा एक युवाले मञ्च अगाडी विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण