मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताएका छन् ।
बिहीबार निर्माणाधीन संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताएका हुन् ।
उनले आगामी अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि बताए । नयाँ संसद् भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको बताए । यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको बताए ।
आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्ने गरी तयारी थालेको बताए ।
उनले भने, ‘यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम सुरु गर्ने गरी तयारी थालेका छौँ । प्रतिनिधिसभालाई झनै बढी खाँचो परिसक्यो । जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो । केही प्रगति भएको अनुभूति भएको छ । अझ रफ्तारमा लैजानुपर्छ । वैशाखसम्म प्रतिनिधि सभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ ।’
अध्यक्ष दाहालले सबैले ताकेता गरेपछि छिटो सम्पन्न हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण