स्थानीयले द्वन्द्वकालमा जलेका लालपुर्जा २३ वर्षपछि पाए
सारांश
- सङ्खुवासभाको चैनपुरका स्थानीयले २३ वर्षपछि लालपुर्जा पाएका छन्।
- २०५९ सालमा आगलागीमा नष्ट भएका कागजातका कारण लालपुर्जा पाउन ढिलाइ भएको थियो।
- विशेष नापी कार्यालयले हालसम्म ७,५०० हेक्टरको नापनक्सा सम्पन्न गरेको छ।
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ र ९ का जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन् । द्वन्द्वकालमा आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षसम्म लालपुर्जाबाट वञ्चित चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका हुन् ।
विसं २०५९ वैशाख १४ गते तत्कालीन माओवादीद्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा भएको आगजनीका कारण क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ)लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका थिए ।
तत्कालीन बेला आगलागीमा नष्ट भएका चैनपुर–८ र ९ का एक हजार १९० जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिए । उनका अनुसार नापनक्सा सकिएका चैनपुर–९ का ६२७ र वडा नं ८ का ५६३ जग्गाधनीले लालपुर्जा पाएका हुन् । कागजात नभएकाले स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।
हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार सीमित स्रोतसाधन र जनशक्तिका कारण चार पालिकाको २४ हजार हेक्टरमध्ये हालसम्म सात हजार ५०० हेक्टरको नापनक्सा सम्पन्न भइसकेको छ ।
कार्यालय प्रमुख नेपालले चैनपुर–५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको जनाउँदै नक्साका लागि संवेदनशीलता र प्रक्रियाका कारण चार पटकसम्म लाग्ने बताए । बसाइँसराइले जनसहभागिता कमी, नियन्त्रण विन्दु नभेटिने, पुरानो सफ्टवेयर, घाममा उपकरण बिग्रिरहने लगायत कारणले नापनक्सा तथा लालपुर्जा वितरणमा केही ढिलाइ भएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण