क्यानडा लैजाने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ
बिहीबार, ०४ मङ्सिर २०८२, २३ : २५
सारांश
- प्रहरीले क्यानडा लैजाने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काभ्रेपलान्चोकका २० वर्षीय आसमान विक रहेका छन्, जसले ६ लाख ठगी गरेका थिए।
- विकलाई काठमाडौं महानगरपालिकाबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रु छ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–९ घर भई हाल ललितपुर–३ बस्ने २० वर्षीय आसमान विक रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रु छ लाख रकम लिई लामो समयसम्म झुक्यानमा राखी क्यानडा नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।”
निजलाई काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण