बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएलमा आज

सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा

शुक्रबार, ०५ मङ्सिर २०८२, ०७ : १५
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • आज नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
  • सुदूरपश्चिम दोस्रो जितको खोजीमा रहँदा पोखरा पहिलो जितको लागि खेल्नेछ।
  • पोखराको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुनेछ । दिउसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ । 

सुदूरपश्चिम आज दोस्रो जितको खोजीमा रहँदा पोखरा आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि पोखराले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रनको हार व्यहोरेको थियो । तालिकाको सातौँ स्थानमा रहेको पोखरा अङ्कविहीन छ ।

सुदूरपश्चिमले यसअघि  पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो । पहिलो खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा छ । 

पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् । 

पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् । 

सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।

प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको थियो । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप