एमालेले तोक्यो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई दुई थरी शुल्क
सारांश
- नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि शुल्क तोकेको छ।
- पार्टी सदस्यबाट निर्वाचित हुने प्रतिनिधि छनोट सम्बन्धी प्रस्ताव संशोधन गरिएको छ, जसअनुसार थप एक जना प्रतिनिधि चयन हुनेछन्।
- एमालेले प्रवासी नेपाली संघ र अन्य कमिटीबाट प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ, जसले महाधिवेशन प्रतिनिधिको संख्या बढाउन सक्छ।
काठमाडौँ । नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई दुई थरी शुल्क तोकेको छ । एमालेको बिहीबार बसेको सचिवालय बैठकले प्रतिनिधि बन्नेलाई पदेन प्रतिनिधिका लागि ३ हजार र निर्वाचित प्रतिनिधिका लागि २ हजार शुल्क तोकेको हो ।
सचिवालय बैठकले एमाले महाधिवेशन प्रतिनिधि छनोट सम्बन्धी प्रस्ताव समेत संशोधन गरेको छ । जसअन्तर्गत आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष सङ्ख्या पचास प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन हुनेछन् ।
त्यस्तै प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटी सरह कम्तीमा २ महिलासहित ५ जना चयन गर्ने एमालेले निर्णय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्ला कमिटी सरह १२०० सदस्यभित्र ४० वर्ष मुनिका युवाहरू चयन गर्ने भएको छ ।
यस्तै घरफिर्ती अभियानअन्तर्गत विभिन्न वामपन्थी समूहबाट पार्टीमा आबद्ध भएका व्यक्तिहरूमध्ये ती समूहका केन्द्रीय समितिमा रहेकाहरूलाई विशेष व्यवस्थाअन्तर्गत एघारौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि कायम गर्ने एमालेले जनाएको छ ।
यसो गर्दा एमालेका महाधिवेशन प्रतिनिधिको सङ्ख्या केही बढ्न सक्ने नेताहरूले बताएका छन् । यसअघि २१ सय २७ जना हाराहारी महाधिवेशन प्रतिनिधि चयन हुने एमालेले जनाएको थियो । एमालेले देशभर मंसिर १३ गते एकै दिन महाधिवेशन प्रतिनिधि छान्ने निर्णय गरेको छ । महाधिवेशन सम्पन्न गर्न एमालेले विभिन्न १४ वटा समिति गठन गरेको छ ।
कसको नेतृत्वमा कुन समिति ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण