नेपालीलाई विदेश जान रोक्ने नाममा ‘रेन्ट सिकिङ’ मौलायो : महानिर्देशक तिवारी
सारांश
- अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले रेन्ट सिकिङको मुख्य जडबारे खुलासा गरे।
- उनका अनुसार, विदेश जाने नेपालीप्रति देखाउने चिन्ताकै कारण अनुचित लाभ लिने प्रवृत्ति बढेको छ।
- विमानस्थलको बेथिति एयरलाइन्स र ट्राभल एजेन्सीतर्फ सरेको र श्रम स्वीकृति प्रक्रिया प्रदूषित रहेको उनको भनाइ छ।
काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेश जाने नेपाली नागरिकप्रति देखाइने ‘अत्यधिक चिन्ता’ नै रेन्ट सिकिङ (अनुचित लाभ) को मुख्य जड बनेको खुलासा गरेका छन् । शुक्रबार सार्वजनिक नीति तथा प्रत्यायोजित विद्यमान समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले यस्तो चिन्ता जति बढ्यो, त्यसैलाई आधार बनाएर विभिन्न निकाय र व्यक्तिले अनुचित लाभ लिने प्रवृत्ति मौलाएको बताए । महानिर्देशक तिवारीले भने- ‘नेपाली नागरिक विदेश जाँदा दुःख पाउँछ कि भनेर हामी सबैलाई साह्रै चिन्ता छ। तर यही चिन्ताको लाभ उठाएर जति धेरै सर्त र बन्देज लगाइन्छ, ती बन्देज छल्नका लागि नागरिकले त्यति नै धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यो तीतो सत्य हो।’
उनले यो ‘चिन्ता’ गर्ने प्रवृत्ति कर्मचारी, व्यवसायी, मिडिया र राजनीतिक तहसम्मै कतै न कतै जोडिएको र यसले एक प्रकारको सङ्गठित अनुचित लाभको प्रणालीलाई बलियो बनाएको दाबी गरे।
विमानस्थलको बेथिति, एयरलाइन्समा सर्यो ‘सिन्डिकेट’
महानिर्देशक तिवारीले अध्यागमन विभागले सुधारका प्रयास थालेपछि विमानस्थलमा हुने अनुचित कार्यको केन्द्र अब एयरलाइन्सका काउन्टर र ट्राभल एजेन्सीतर्फ सरेको बताए ।
‘पहिले अध्यागमनमा समस्या थियो होला, तर हामीले कडाइ गरेपछि अहिले एयरलाइन्सका काउन्टरहरूमा नेपालीलाई अनावश्यक दुःख दिने र अफलोड गर्ने काम बढेको छ,’ उनले भने, ‘१८५ सिट क्षमताको जहाजमा २०० जनाको टिकट बेच्ने र निर्दोष यात्रुलाई माछा बजारमा जस्तो व्यवहार गर्ने प्रवृत्ति छ।’
यसलाई रोक्न विभागले कुनै पनि यात्रुलाई अफलोड गर्दा त्यसको स्पष्ट र लिखित कारण दिनुपर्ने गरी परिपत्र जारी गरिसकेको उनले जानकारी दिए। अध्यागमन क्षेत्रको सुधारका विषय अहिले गहिरो रूपमा काम गरिरहेको बताए। उनले भने, ‘हाम्रो समस्या भनेको पखाला लागेको लाग्यै छ, तर हामीले खानेकुरा कहिल्यै फेरेनौँ, केवल डाइपर फेरेको फेरै गर्यौँ ।’
विगतमा समस्याको जरोमा नपुगी केवल परिपत्र, निर्देशन र मापदण्ड बनाएर क्षणिक समाधान खोज्दा समस्या जहाँको त्यहीँ रहेको उनको भनाइ थियो।
श्रम स्वीकृतिको प्रक्रिया ‘एकदमै प्रदूषित’
महानिर्देशक तिवारीले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृतिको प्रक्रिया ‘एकदमै प्रदूषित’ रहेको बताए । उनले श्रम मन्त्रालय र अध्यागमनबिच समन्वय नहुँदा वर्क भिसामा जाने कैयौँ निर्दोष नागरिकले दुःख पाइरहेको बताए।
‘श्रम मन्त्रालय केही भिसामा श्रम स्वीकृति दिन नसक्ने बताउँछ, हाम्रा अधिकृत श्रम स्वीकृतिबिना वर्क भिसामा पठाउन मान्दैनन्। यो दुई निकायको चेपुवामा नागरिक पर्ने गरेका छन्,’ उनले भने । अध्यागमनको मुख्य काम राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्नु भए पनि विभाग भिसा थप्ने जस्ता स–साना काममा अल्झिनुपरेको उनको गुनासो थियो।
तिवारीले सुधारका लागि नीतिगत, संरचनागत, प्राविधिक र पूर्वाधार विकासमा एकसाथ काम गर्नुपर्नेमा जोड दिए । विभागले अहिले राष्ट्रिय परिचयपत्र लगायत अन्य निकायसँग प्रणाली एकीकरणको काम अघि बढाएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण