मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इरान, पाकिस्तान र टर्कीबाट करिब तीन लाख अफगान निर्वासित

शुक्रबार, ०५ मङ्सिर २०८२, १५ : २६
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • इरान, पाकिस्तान र टर्कीबाट करिब तीन लाख अफगानी नागरिकलाई निकाला गरियो।
  • इरानबाट फर्केका आप्रवासीहरूमाथि बढ्दो दबाबको चेतावनी दिइएको छ।
  • पाकिस्तानी जेलबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी रिहा भए।

इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनीले लगभग ६० लाख विदेशी नागरिकहरू हाल देशमा बसिरहेको जनाउँदै चालु वर्षमा १५ लाख भन्दा बढी आप्रवासीहरू अफगानिस्तानमा फर्केको उनले बताए ।उनीहरूको स्वदेश फिर्तीको पुष्टि गर्दै, इरानको छिमेकी राष्ट्रहरूसँग “ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध“ भए पनि आप्रवासीहरूलाई व्यवस्थित गर्ने इरानको क्षमता सीमित रहेको उनले बताएका छन् ।

मोमेनीलाई उदृत गर्दै स्वदेश फर्किनेहरू मध्ये ७० प्रतिशत भन्दा बढी स्वेच्छाले फर्केको टोलो न्यूजले जनाएको छ ।यद्यपि, इरानी अधिकारीहरूले इरान र पाकिस्तानमा अफगान आप्रवासीहरूले कडा नीतिहरू र बढ्दो निर्वासन प्रणलीको कारण कठिन परिस्थिीतीको सामना गर्न बाध्य भएको बताए ।

इरानमा रहेका अफगान आप्रवासीहरुले इरानी सरकारले आप्रवासीहरूलाई कुनै रोजगारी नदिइने घोषणा र्गुका साथै अगामी दिनमा अफगान बालाबलीकाहरुलाई स्कुलमा भर्ना नगर्ने सुचना जारी गरि आप्रवासीहरूका ब्याङ्क कार्ड तथा सिम कार्डहरू निष्क्रिय गरिएको बताए ।यसै विच अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले विदेशमा अफगान कैदीहरू संलग्न भएको नयाँ घटनाक्रमको रिपोर्ट जारी गर्दै हालसालै पाकिस्तानको जेलबाट दुई हजार भन्दा बढी अफगान आप्रवासीहरू रिहा भएको जनायो ।

मन्त्रालयको प्रवक्ता अब्दुलमुतालिब हक्कानीले एक महिना भन्दा कम समयमा इरान, पाकिस्तान र टर्कीबाट २ लाख ८४ हजार भन्दा बढी अफगानी नागरिकलाई निर्वासित गरिएको बताएका छन्।उनले पाकिस्तानी जेलहरूबाट रिहा भएका दुई हजार ७६ कैदीहरूसहित निर्वासित आप्रवासीहरूको कुल सङ्ख्या दुई लाख ८४ हजार ७१७ पुगेको बताएका छन् ।

अफगानिस्तानमा युएनएचसीआरका प्रतिनिधिले हालै इरानबाट फर्केका अफगान आप्रवासीहरूमाथि बढ्दो दबाबको चेतावनी दिँदै यो प्रवृत्ति अन्तर्राष्ट्रिय सहायता घट्दै जाँदा देखा परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप