भारतको तेजस लडाकु विमान दुर्घटनाग्रस्त
शुक्रबार, ०५ मङ्सिर २०८२, १६ : ५७
दुबई । दुबई एयरशोमा भारतीय लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । शुक्रबार दुबई एयर शोमा प्रदर्शन उडानको क्रममा विमान दुर्घटनाग्रस्त भएको हो ।
स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडानको क्रममा एचएएल तेजस विमान दुर्घटनामा पर्यो । विमान जमिनमा ठोक्किने बित्तिकै ठुलो विस्फोट भयो र केही बेरमै विमानस्थलमा कालो धुवै धुवाँ भयो ।
यस घटनामा पाइलट बाँचे कि छैनन् भन्ने स्पष्ट हुन सकेको छैन । यो आगो निभाउन ४५ मिनेट जति लागेको बताइएको छ । शो फेरि सुरु हुन्छ कि हुन्ने भन्ने पनि स्पष्ट जानकार छैन ।
दुर्घटना भएको क्षेत्रलाई सिल गरिएको छ । सबै उडान कार्यक्रम अस्थायी रूपमा रोक्का गरिएको छ । विमान किन दुर्घटनामा पर्यो भन्ने कुराको छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण