संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
सारांश
- जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ।
- पार्टीले प्रधानमन्त्रीलाई २८ बुँदे माग बुझाउने तयारी गरेको छ, जसमा संविधान संशोधनको विषय समावेश छ।
- पार्टीले विरोध कार्यक्रम, धर्ना, र जनसभा लगायतका विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू तय गरेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले संविधान संशोधनसहितको माग राखी प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे माग बुझाउने तयारी पनि गरेको छ । मङ्सिर १० गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको सो पार्टीका महासचिव रामकुमार शर्माले बताए ।
दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन सुदृढ, चुनाव र सङ्घर्षका कार्यक्रम तय गरेको उनले बताए । मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गर्नुका साथै मङ्सिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम रहेको उनले बताए ।
मङ्सिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना हुने जानकारी गराउँदै उनले प्रदेशस्तरीय विरोध सभाका कार्यक्रम पनि तय गरेको बताए ।
साथै पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते नेपालगन्ज र भैरहवाका लागि कार्यक्रम तय भएको छ । महासचिव शर्माले भने, ‘संविधान निर्माणप्रति जसपा नेपालले पहिलादेखि नै असहमति जनाउँदै आएको थियो, संविधान पुनर्लेखनको माग आफ्नो पार्टीले नै सुरुदेखि उठाएको हो, तर विगतका सरकारले त्यसमा कुनै ध्यान दिएन यो सरकारे पनि संविधान पुनर्लेखन वा संशोधन गरोस् भने हाम्रो माग हो र त्यसका लागि हामीले आन्दोलनका कार्यक्रम तय गरेका हौँ ।’
प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश, समान जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र, राज्यको पुनर्संरचना लगायतका विषय संविधानमा संशोधन हुनुपर्ने माग आफूहरूले राखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण