भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
शनिबार, ०६ मङ्सिर २०८२, १२ : ४४
सारांश
- भियतनाममा भारी वर्षापछि आएको बाढीले ५५ जनाको ज्यान लियो र १३ जना बेपत्ता छन्।
- बाढीले ८० हजार हेक्टर धान र बाली डुबानमा परेको छ भने ३.२ मिलियनभन्दा बढी पशुधनको मृत्यु भएको छ।
- बाढीका कारण २८ हजार ४०० भन्दा बढी घर डुबानमा परेका छन् र आर्थिक क्षति नौ ट्रिलियन भियतनामी डोङ पुगेको छ।
भियतनाम । भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरूको सङ्ख्या ५५ पुगेको छ । यसैगरी १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्ट गरेको छ ।
बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ भने ३.२ मिलियन भन्दा बढी कुखुरा तथा गाईवस्तुहरू बगाएर मृत्यु भएको छ ।
प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घरहरू डुबानमा परेका छन् भने ९४६ अन्य घरहरू क्षतिग्रस्त भएका छन् ।
यसै गरी आर्थिक क्षति लगभग नौ ट्रिलियन भियतनामी डोङ (लगभग ३५८ मिलियन अमेरिकी डलर) अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण