महानगरभित्रका २ हजार ८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण
सारांश
- काठमाडौँ महानगरपालिकाले कात्तिक १४ गतेदेखि हालसम्म २,०८३ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ।
- पशु कल्याणमा काम गर्ने विभिन्न ५ वटा संघ-संस्थासँगको सहकार्यमा महानगरपालिकाले बन्ध्याकरण गरेको हो।
- बन्ध्याकरण प्रक्रियापछि समुदायमा पुनर्स्थापना गरिएका कुकुरहरूमध्ये एकको गाडीको ठक्करबाट मृत्यु भएको छ।
काठमाडौँ । कात्तिक १४ गतेदेखि अहिलेसम्म काठमाडौँ महानगरपालिकाले २ हजार ८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । पशु कल्याणमा काम गर्ने विभिन्न ५ वटा संघ-संस्थासँगको सहकार्यमा महानगरपालिकाले कुकुरको बन्ध्याकरण गरेको हो।
कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत् स्थानमा पुनर्स्थापित गराउने प्रक्रियाबाट यो काम हुन्छ । यो प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौँ’ न्यौपानेले भने- ‘यो प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकुरलाई बन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको छ ।’
अपरेसनपछि समुदायमा पुनर्स्थापना गरिएको एउटा कुकुरको गाडीको ठक्करबाट मृत्यु भएको छ । कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा.पूजा खनालका अनुसार काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर) ले वडा नम्बर १६ मा ५६४ वटा, वडा नम्बर १५ मा ७८ वटा, एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक) ले वडा नम्बर ११ मा ७४ वटा, वडा नम्बर २८ मा १० वटा, मण्डला भेटेरिनरी अस्पतालले वडा नम्बर ६ मा १७८ वटा, वडा नम्बर १० मा १५८ र वडा नम्बर ३२ मा ३४४ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।
त्यस्तै स्नेहाज केयरले वडा नम्बर १२ मा ६२ वटा, वडा नम्बर १३ मा १०१ वटा र वडा नम्बर १४ मा १५६ वटा तथा पशुपन्छी प्रतिनिर्दयता रोकावट समाज नेपाल (एसपीसीए नेपाल) ले वडा नम्बर १ मा ६२ वटा, वडा नम्बर ३ मा १३६ वटा र वडा नम्बर ४ मा १६० वटा गरी २ हजार ८३ कुकुरको बन्ध्याकरण गरेका छन् ।
सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका सङ्घ संस्थालाई २०८२ कात्तिक १३ गते सम्झौता गरी कात्तिक १४ गतेबाट नै कार्य गर्न महानगरले कार्यादेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण