निर्वाचनका लागि सशस्त्र प्रहरीले ५९ वटा सवारी साधन किन्दै
सारांश
- सशस्त्र प्रहरीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ५९ वटा सवारी साधन खरिद गर्ने भएको छ।
- जेनजी प्रदर्शनपछि आगजनी भएको भन्दै सशस्त्रले निर्वाचनका लागि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको थियो।
- अर्थ मन्त्रालयले सशस्त्र प्रहरीलाई २१ करोड ६ लाख रुपैयाँ स्रोत सुनिश्चितता प्रदान गरेको छ, जसमध्ये ३ वटा विपद् उद्धारका लागि प्रयोग हुनेछन्।
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सशस्त्र प्रहरीले ५९ वटा चार पाङ्ग्रे सवारी साधन खरिद गर्ने भएको छ ।
जेनजी प्रदर्शनपछि आगजनी भएको भन्दै सशस्त्रले निर्वाचनका लागि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको थियो । अर्थ मन्त्रालयले सशस्त्र प्रहरीका लागि ५९ वटा सवारी साधन खरिद गर्न सशस्त्र प्रहरीलाई सहमति दिएको हो ।
तीमध्ये ३ वटा सवारी साधन विपद् उद्धारका लागि प्रयोग गरिनेछ । सशस्त्रले ५० वटा बोलेरो पिक अप भ्यान र ३ वटा दङ्गा नियन्त्रण ट्रक र दुई वटा एम्बुलेन्स खरिद गर्दैछ । अर्थ मन्त्रालयले सशस्त्र प्रहरीलाई २१ करोड ६ लाख रुपैयाँ स्रोत सुनिश्चितता प्रदान गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि प्रहरीले १८५ वटा गाडी खरिद गर्दैछ । प्रहरी प्रधान कार्यालयले यसअघि ८५ वटा गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । थप १ सयवटा गाडी खरिद गर्न प्रहरीले टेन्डर आह्वानको प्रक्रिया सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण