रास्वपा काठमाडौँ सभापति विष्टले दिए पदबाट राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का काठमाडौँ जिल्ला सभापति प्रदिप विष्टले पदबाट राजीनामा दिएका छन् । उनले गत शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
पार्टीको वडा,पालिका क्षेत्रको सुझाव र समस्या,विधान,मूल्यमान्यता,पारदर्शी,बेथिति र निर्णयहीनताका विषयमा पटक पटक प्रदेश समिति,प्रदेश इन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई जानकारी(सचेत) गराउँदै आएको भएपनि कुनै स्पष्ट,प्रभावकारी मार्गदर्शन प्राप्त नभएको उनले बताए ।
'६ पटक लिखित पत्राचार,३ पटक औपचारिक बैठक तथा धेरै अनौपचारिक संवादमार्फत तथ्य प्रस्तुत गर्दै सुधारका लागि ठोस,समयानुकूल र नीतिगत निर्देशन मागेँ । तर यति बेला कुनै पनि स्पष्ट,प्रभावकारी वा उत्तरदायी मार्गदर्शन प्राप्त हुन सकेन,'उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ,'यस्तो परिस्थितिमा जिल्लाको नेतृत्वमा बसेर निर्वाचन क्षेत्र,पालिका र वडाका हजारौँ कार्यकर्ता,मतदातालाई निरन्तर आश्वासन,भरोसा र मार्गदर्शन दिएको व्यक्ति भएर उनीहरूलाई गुमराहमा राखिरहनु मेरो नैतिक मूल्य,राजनीतिक सिद्धान्त र व्यक्तिगत विवेकले स्विकार्न सक्दैन ।'


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण