काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्सले महत्त्वपूर्ण ५ विकेट गुमाएको छ । विराटनगर किङ्स विरुद्ध १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले राम्रो ब्याटिङ गर्न नसक्दा लगातार विकेट गुमेको हो ।
पाँचौँ विकेटको रूपमा मयन यादव ४ रनमा आउट भएका हुन् । उनलाई विराटनगरका शुमम रन्जानले क्याच आउट गराएका हुन् । जनकपुरले १४ ओभर सकिँदा ५ विकेट गुमाएर जम्मा ७७ रन बनाएको छ ।
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार विकेट गुमाएकाे छ । शुक्रबार त्रिवि क्रिक्रेट मैदानमा विराटनगर किंग्ससँगकाे खेलमा विराटनगरका स्पिन बलर चल्दा जनकपुरले विकेट गुमाउनुपरेकाे हाे ।
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ३ विकेट गुमाएको छ । जवाफी ब्याटिङ गरिरहेको जनकपुरका ओपनर लाहिरु मिलान्थालाई विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका हुन् ।
मिलान्थाले २२ बलमा २३ रन बनाएका थिए । १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले राम्रो ब्याटिङ गर्न सकेको छैन । ९ ओभर सकिँदा जनकपुरले जम्मा ४८ रन मात्रै बनाएको छ ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका कप्तान अनिल साहलाई विराटनगर किंग्सका कप्तान सन्दिप लामिछानेले विकेट लिएका छन् । जवाफी ब्याटिङ गरिरहेको जनकपुरका कप्तान अनिल १४ बलमा जम्मा ४ रन बनाउँदै आउट भएका हुन् ।
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । विराटनगर किंग्स विरुद्ध जवाफी ब्याटिङ गरिरहेको जनकपुरका ओपनर आसिफ शेख ११ बलमा १३ रन बनाउँदै आउट भएका हुन् ।
विराटनगरका स्पिनर सुर्य तामाङले उनको विकेट लिएका हुन् । जनकपुरले ३ ओभरमा २१ रन बनाउँदा एक विकेट गुमाएको हो । जनकपुर बोल्ट्स विरुद्ध विराटनगर किंग्सले १३६ रनको लक्ष्य दिएको छ । ३ ओभरमा जनकपुर र विराटनगरका स्थिति एकै भएको हो ।
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्स विरुद्ध विराटनगर किंग्सले १३६ रनको लक्ष्य दिएको छ । विराटनगरले ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।
विराटनगरका लागि शुभम रन्जान सर्वाधिक ३७ रन बनाएर रनआउट भएका थिए । यस्तै बसिर अहमदले ३६ रन बनाए । जनकपुरले आज पहिले टस जितेर बलिङ गर्दा स्पिन अट्याक रणनीति लिएको थियो ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्स विरुद्ध विराटनगर किंग्सले पाँचौँ विकेट गुमाएको छ । जनकपुरको कसिलो बलिङ सामु विराटनगरले १७ ओभर सकिँदा ५ विकेटको क्षतिमा १०९ रन बनाएको हो ।
रुपेश सिंहले नारायण जोशीलाई २ रनमा आउट गरेका हुन् । उनले एकै ओभरमा २ विकेट लिए । त्यसअघि चौथो विकेटको रूपमा बसिर अहमदलाई जनकपुरका रुपेश सिंहले आउट गरेका थिए ।
यस्तै तेस्रो विकेटको रूपमा जनकपुरले विराटनगरका ओपनर लोकश बमलाई २८ रनले आउट गरेको थियो । यसअघि अर्का ओपनर जर्ज मुन्से १० रनमा आउट भएका थिए भने स्टार ब्याटर मार्टिन गप्टिलले १५ बलमा जम्मा १३ रन बनाएर आउट भएका थिए ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत विराटनगर किंग्सको ३ विकेट झरेको छ । टस जितेर पहिले बलिङ गरिरहेको जनकपुरले विराटनगरलाई स्पिनको धरापमा पारेको हो ।
तेस्रो विकेटको रुपमा जनकपुरले विराटनगरका ओपनर लोकश बमलाई हात पारेको हो । बमले २६ बलमा २८ रन बनाए । उनलाई संगित कुरेले सञ्जय कृष्णमुर्ती मार्फत क्याच आउट गराएका हुन् ।
यसअघि अर्का ओपनर जर्ज मुन्से १० रनमा आउट भएका थिए । यस्तै स्टार ब्याटर मार्टिन गप्टिलले १५ बलमा जम्मा १३ रन बनाएर आउट भएका थिए ।
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध बलिङ गरिरहेको जनकपुरले दोस्राे विकेट हात पारेको छ । विराटनगरका स्टार ब्याटर मार्टिन गप्टिललाई आदित्य महताले सस्तैमा आउट गरेका हुन् ।
गप्टिलले १५ बलमा जम्मा १३ रन बनाए । उनलाई महताले किशोर महतोको हातबाट क्याचआउट गराएका हुन् । अर्का ओपनर जर्ज मुन्से १० रनमा आउट भएका थिए ८ ओभरमा जनकपुरले २ विकेट लिँदै विराटनगरलाई ४७ रनमा रोकेको छ ।
जनकपुरले ८ ओभरसम्म सबै बलर स्पिन नै प्रयोग गरिरहेको छ ।
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध बलिङ गरिरहेको जनकपुर बोल्ट्सले पहिलो पावर प्लेमा सबै स्पिन बलर प्रयोग गरेको छ ।
पावर प्लेको खेल सकिँदा विराटनगरले एक विकेट गुमाउँदै ४० रन बनाएको छ । विराटनगरका लागि ओपनर लोकश बम १९ रन मार्टिन गप्टिल ११ रन बनाएर खेलिरहेका छन् ।
अर्का ओपनर जर्ज मुन्से १० रनमा आउट भएका थिए । जनकपुरको लागि संगित कुरेले २ आभेर, ललित राजवंशीले २ ओभर, कप्तान अनिल साहले एक र सन्जय कृष्णमुर्तीले एक एक ओभर बलिङ गरेका हुन् ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले तेस्रो ओभरमा पहिलो सफलता पाएको छ । बोल्ट्सका लागि संगिथ कुरेले विराटनगरका ओपरन जर्ज मुन्सेलाई १० रनमा आउट गराएका हुन् ।
मुन्सेले ७ बलमा ४ चौका प्रहार गरेका थिए । जनकपुरले टस जितेर पहिलो बलिङ गदै किङ्सलाई ब्याटिङको निम्तो दिएको थियो । ३ ओभर सकिँदा विराटनगरले एक विकेटको क्षतिमा २१ रन बनाएको छ ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछ । आजको पहिलो खेल पूर्वेली डर्बी अर्थात विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्स खेल्दैछ । बोल्ट्सले टस जितेर पहिलो बलिङ गर्दैछ । किङ्सलाई ब्याटिङको निम्तो दिएको छ ।
२ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । १ खेलमा १ हार बेहोरेको जनकपुर बोल्ट्स सातौं तथा २ खेलमा हार बेहोरेको पोखरा एभेन्जर्स आठौँ स्थानमा छन् ।
जनकपुरले दुई परिवर्तन गर्ने क्रममा आदित्य महता र संगीथ कुरेलाई खेलाएको छ । जनकपुरको प्लेइङ ११ मा आसिफ शेख, अनिल साह, लाहिरु मिलान्था, सञ्जय कृष्णमूर्ती, संगीथ कूरे, मयन यादव, आदित्य महता, जान निकोल लफ्टी–इटन, रुपेश सिंह, विकाश आग्री, ललित राजवंशी रहेका छन् ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्।
पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। गत सिजनको विजेता जनकपुरका लागि यो दोस्रो खेल हो। पहिलो खेलमा काठमाण्डु गुर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर आज भने जित निकाल्दै पुनः लयमा फर्किने लक्ष्यमा छ।
यता उत्कृष्ट फर्ममा रहेको विराटनगर किङ्सले भने लगातार राम्रो प्रदर्शनलाई कायम राख्ने दाउमा हुनेछ। यो खेल बिहान ११ः ४५ देखि सुरु हुनेछ।