प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले जेलेन्स्कीको उदय हुन्छः आहुति
सारांश
- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताए।
- उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्न नसक्ने भन्दै यस्तो बताएका हुन्।
- आहुतिले नयाँ राज्यको संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा प्रष्ट खाका ल्याएको बताए।
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् ।
महासचिव आहुतिले देशमा बारम्बार ठूलाठूला संघर्ष र बलिदानबाट बनेको राज्य सञ्चालन प्रणाली नेपाली विशेषता अनुसार नभई निश्चित वर्ग र समुदायका मानिसहरुको हितका लागि बनेको बताएका छन् । पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी निर्वाचितको मुद्दा जोडदार उठ्दै गर्दा आहुतिले भने,“नेपाल जस्तो भौगोलिक र सांस्कृतिक विविधता भएको मुलुकमा प्रत्यक्ष कार्यकारी आउँदा जेलेन्स्की जस्ताः पात्रहरु उदय हुने निश्चित छ, त्यसैले यो मान्न सकिन्न ।”
नेपालमा प्रचलित हालसम्मका सबै राजनीतिक व्यवस्थाहरू असफल भइसकेको ठहर गरी नेपाली विशेषता अनुसारको कार्यक्रम ल्याएको बताउँदै आहुतिले भने, “नयाँ राज्यको संरचना, शासकिय स्वरुप, निर्वाचन प्रणाली, राज्य शक्तिको बाँडफाँड र समग्र विषयहरुको आधारभूत नीतिहरुका बारे हामीले प्रष्ट खाका ल्याएकाछौं ।”
वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमिक,किसान,महिला, आदिवासी–जनजातिलगायतका उत्पीडित समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाइ थियो ।
वर्तमान संघीयता पिरामिड आकारमा हुँदा निश्चित शासकहरूले मात्रै शासन गर्ने र बहुसंख्य जनता उत्पीडनको जाँतोमा पिसिने भएकाले यसको विकल्पमा समतलीय र सहमतीय व्यवस्थामार्फत सबै समुदाय राज्यको नेतृत्वमा पुग्ने व्यवस्थाको सुनिश्चित गर्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण