३ जना डीआईजीको जिम्मेवारी हेरफेर, कोशीमा घिमिरे
सोमबार, ०८ मङ्सिर २०८२, १७ : ५१
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीका ३ जना डीआईजीको जिम्मेवारी हेरफेर गरेका छन्।
- डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
- दिलिप सिंह देउवालाई प्रदेश समन्वय विभाग र दिपक बस्नेतलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ।
काठमाडौँ । नेपाल प्रहरीका ३ जना डीआईजीको जिम्मेवारी हेरफेर गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार डीआईजीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयमा डीआईजी विनोद घिमिरेलाई पठाउने निर्णय गरिएको छ । घिमिरे प्रहरी हेडक्वार्टरको प्रबन्ध निर्देशनालयमा कार्यरत थिए ।
प्रहरी प्रधान कार्यालय स्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत दिलिप सिंह देउवालाई प्रदेश समन्वय विभाग र दिपक बस्नेतलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।
कोशी प्रदेशमा कार्यरत डीआईजी ईश्वर कार्की यसअघि नै एआईजीमा बढुवाको लागी सिफारिस भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण