विकासका लागि सरकारको मात्रै मुख ताक्नु हुँदैन : उपाध्यक्ष वाग्ले
सारांश
- स्वर्णिम वाग्लेले विकासका लागि सरकारको मुख ताक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।
- उनले स्थानीयवासीको विकासप्रतिको सक्रियताको प्रशंसा गर्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
- उनले युवा पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारको भूमिकाको कुरा गरे ।
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले विकासका लागि सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । सोमबार जिल्लाको व्यास नगरपालिका–१ स्थित रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उनले विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका हुन् ।
उपाध्यक्ष डा वाग्लेले भने– ‘धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीयवासीले देखाएको कार्य अनुकरणीय छ । सबै कुरा सरकारले मात्रै गर्न सक्दैन । आफ्नो क्षेत्रको विकासका लागि आम नागरिक एकजुट भएर लाग्न आवश्यक छ ।’
‘जेनजी’ प्रदर्शनपछि मुलुक नयाँ मोडमा गएको चर्चा गर्दै उनले राजनीतिमा देखिएको विकृतिलाई सङ्ल्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । आफ्नो पार्टीले पटक पटक प्रतिनिधिसभामा यस विषयमा ध्यानाकर्षण गराउँदै आएको समेत उनले स्मरण गरे ।
डा.वाग्लेले युवा विदेश पलायन हुने कार्यलाई न्यूनीकरण गर्दै स्वदेशमै बसेर गरिखाने वातावरण सिर्जना गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।
धर्मशाला, होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गर्ने उद्देश्यले यही मङ्सिर ६ देखि १३ गतेसम्म महायज्ञको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अभिमानसिंह बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण