मधेस प्रदेशमा आज सार्वजनिक बिदा
सारांश
- मधेस प्रदेश सरकारले विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको छ।
- प्रदेश राजपत्रमा प्रकाशित बिदा सम्बन्धी सूचना अनुसार मंसिर ९ गते विवाह पञ्चमीको बिदा हुनेछ।
- त्रेता युगमा सीता र रामको विवाह भएको सम्झनामा विवाह पञ्चमी मनाइँदैछ, जनकपुरधाममा विशेष महोत्सव हुँदैछ।
जनकपुरधाम । मधेस प्रदेश सरकारले आज विवाह पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।
'मधेस प्रदेश सरकारद्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने बिदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल मङ्सिर ९ गते मङ्गलबारका दिन विवाह पञ्चमीको सार्वजनिक बिदा भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ' जारी सूचनामा भनिएको छ ।
त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदै छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण