बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेकपा प्रवेश गर्ने बित्तिकै पूर्व एमालेलाई केन्द्रीय सदस्य पद उपहार

मङ्गलबार, ०९ मङ्सिर २०८२, १२ : ३३
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • नेकपाले मंगलबार एमालेबाट प्रवेश गरेका भरतप्रसाद दुलाललाई केन्द्रीय सदस्य बनाएको छ।
  • दुलाललाई एमालेमा लामो समयको सक्रियता र नेतृत्वको आधारमा केन्द्रीय सदस्य बनाइएको हो।
  • पार्टीले दुलालको प्रवेशले दोलखामा नेकपाको संगठन थप सुदृढ हुने विश्वास लिएको छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबार मात्र पार्टी प्रवेश गरेका नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव भरतप्रसाद दुलाललाई केन्द्रीय सदस्य बनाएको छ । 

एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दुलालको प्रवेशसँगै दोलखामा नेकपाको सङ्गठनात्मक प्रभाव अझै सुदृढ हुने पार्टीको अपेक्षा रहेको छ । 

111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप